पोखरा । एक महिना अघि बिना विभागीय मन्त्रीको सपथ खाएका जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) कार्य जिम्मेवारी लिन राजी भएका छन् । योसँगै सत्ता समिकरणमा देखिएको विवाद केही मत्थर भएको छ । आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बने भने मनाङे युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन राजी भएका छन् । यसअघि आचार्यले अर्थमा दाबी गरेका थिए भने मनाङेको दाबी भौतिक पूर्वाधारमा थियो ।
योसँगै गण्डकीका सबै बिना विभागीय मन्त्रीले कार्य जिम्मेवारी पाएका छन् । यसअघि कांग्रेसका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका छन् भने माओवादीकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । गण्डकीमा बजेट पास हुनुअघि सरकार विस्तार नगर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यसअघि नै बताइसकेका छन् । सरकार बनेको १ महिना पुग्नै लाग्दा समेत मन्त्री मण्डलले पूर्णता नपाउँदा सरकारको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ । खासगरी अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रीमा कुरा नमिल्दा सरकार विस्तार अड्किएको हो ।
भौतिक पूर्वाधारमा कांग्रेस र माओवादी दुवैले दाबी गरेका छन् । यसअघि अर्थ मन्त्रालयमा जसपाको दाबी थियो । अर्थ र भौतिक प्रदेशमा मिल्न नसकेपछि यसको विभाजन केन्द्रीय नेतृत्वलाई छोडिएको छ । बजेटमाथिको छलफल आइतबारदेखि हुँदै छ । यही महिनाभित्र छलफल सकेर बजेट पास गर्ने सरकारी तयारी छ । तर विपक्षीको दाउ यो महिना बजेट रोक्ने छ । जिम्मेवारी सम्हालेका मन्त्रीहरुले आइतबार १० बजेट पदभार ग्रहण गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१