मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतमाथिकाे प्रस्तावमा छलफल सकियो, संसद बैठक ३० मिनेट स्थगित

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
budget photos (2)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा टेबल गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएको छ ।
बैठक आधा घन्टाका लागि स्थगित भएको छ । छलफलका क्रममा उठेका विषयवस्तुमाथि मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि आजै बस्ने दोस्रो बैठकमा मतविभाजन हुने संसद सचिवालयले जनाएको छ ।

छलफलमा निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनका लागि सरकारले काम गर्दै गए आफ्नो जहिले पनि समर्थन रहने बताए ।
यसअघि मुख्यमन्त्री पोखरेलले स्थापनाको छोटो अवधिमा नीति तथा कार्यक्रम, बजेट ल्याएको सरकारले जनताका आवश्यकता सम्बोधन हुने गरी काम थालेको उनले बताए ।
राजनीतिक स्थिरता कायम गर्दै प्रदेश सभालाई विघटनको दुर्घटनाबाट बचाउन उनले यो सरकारलाई विश्वासको मत दिन आवश्यक रहेको भनाइ राखे ।
अहिले प्रदेश सभामा विश्वासको प्रस्तामाथिको छलफलमा सांसदहरुले भाग लिइरहेका छन् ।

एमालेका मायानाथ अधिकारी, कांग्रेसका विष्णु लामिछाने, माओवादीका रामजी बराल जीवन, धनमाया लामा पोखरेल, कृष्णबहादुर थापा, मिना गुरुङ, मनबहादुर गुरुङ, ओमकला गौतम, धनञ्जय दवाडी, पियारी थापा लगायतले भाग लिएका थिए ।

जेठ २९ गते नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
बिहीबार राहत सामग्री लिएर मनाङ पुगेका मुख्यमन्त्री पोखरेल मौसम खराबीका कारण उतै रोकिएपछि यता संसदको कार्यसूची के होला भन्ने थियो । मुख्यमन्त्री सहितको टोली शुक्रबार बिहानै पोखरा फर्किएको छ ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि नेपालमा संविधान धारा १६८ को ५ अनुसार कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नीति तथा कार्यक्रम पारित भइसकेको र सरकारले बजेट प्रस्तुत गरे पनि विश्वासको मत लिएपछि मात्र छलफल सुरु गर्ने सहमति दलहरुबीच भएको छ । सरकारले हतारमा बजेट ल्याउनु परेकाले रातो किताब पनि तयार भइसकेको छैन । मन्त्री कुमार खड्का रातो किताब तयारका लागि आफूहरु लागिरहेको र छिट्टै तयार गरेर छलफलमा जाने बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले सरकारसँग ३१ मत छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । सभामुखले मत हाल्न पाउँदैनन् । उता प्रमुख प्रतिपक्षी दल एमालेसँग आफ्नो पार्टीको मात्रै २७ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद पनि उनकै पार्टीले कारबाही गरेपछि गुमेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width