दरबाङ बजार नदी कटानको चपेटामा

साधन राम्जाली
असार २, २०७८
darbang bazar (3)

म्याग्दी । म्याग्दीको दोस्रो सदरमुकाम तथा व्यापारिक केन्द्र दरबाङ बजार नदी कटानको चपेटामा परेको छ । नदीको कटानका कारण म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा ७ घर उच्च जोखिममा छन् । इलाका प्रहरी कार्यालय म्याग्दीका अनुसार उच्च जोखिममा रहेका दरबाङ र टोलाबाङमा सात घरका २४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी निरीक्षक सन्तोष पौडेलले दिए । उनका अनुसार पुरानो झोलुङ्गे पुल समेत नदी कटानको उच्च जोखिमा रहेको छ ।

यसैगरी नदी कटानका कारण जनप्रिय माविको दुई कोठे भवन र खेलमैदान ,लगायत नदी किनारमा रहेका पसल जोखिममा रहेका वडा अध्यक्ष सन्तोष सुवेदीले बताए । अविरल रुपमा परेको बर्षाका कारण म्याग्दी नदीमा सतह बढेको छ । ‘नदीको कटानले म्याग्दीको ऐतिहासिक दरबाङ बजार उच्च जोखिममा रहेको छ ,’गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले भने ,‘वडा नम्बर ६ का सात घरका २४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।’ उनले अविरल रुपमा परेको बर्षाका कारण बाढी पहिरो ,नदी कटानको जोखिम बढेकोले सतर्कता अपनाउन आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दीमा हालसम्म ३० घर बढी बाढी पहिरोको जोखिममा रहेका छन् भने दुई घरमा पुर्ण क्षती पु¥याएको छ । जिल्लाको बेनी नगरपालिका ,अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ लगायत विभिन्न ठाउँमा बाढी पहिरोले बढी क्षती पु¥याएको छ ।

कालिण्डकी नदीको कटानले बेनी बजार संरक्षणका लागि लगाइएको तटबन्ध समेत बगाएको छ । यसैगरी बाढीले बेनी बजारको हुलाकचोक र कालिपुलमा क्षती भएको छ । बाढी पहिरोको कारण बेनी–जोमसोम, बेनी–मालढुंगा, बेनी–दरबाङ सडक लगायत ग्रामीण सडक अवरुद्ध भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width