जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापा प्रदेश प्रमुख निवासमा छिरे र बाहिरिए

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
195314211_186682709926786_3095738031373055838_n

पोखरा ।  जनमोर्चा नेपालले कारवाही गरेको सांसद कृष्ण थापा भर्खरै गण्डकी प्रदेश प्रमुख निवासमा छिरेर बाहिरिएका छन् ।

पहिला पार्टीको संसदीय दलका नेता समेत रहेका उनी अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवासमा प्रवेश गर्नुले शंका पैदा गराएको छ ।

बाहिर निस्केपछि उनले भने, मैले जानेकाे मुद्दा मामिला त हाे, एउटा निवेदन थियाे, दिएर फर्केकाे छु ।

थापा बाहिरिएलगतत्तै मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि बाहिरिएका छन् ।

जनमोर्चाका ३ सांसद रहेकोमा ३ जनाकै समर्थन अहिलेको सरकारमा रहेको दाबी उनले गर्न लागेको बुझिएको छ ।

विपक्षीलाई सरकारमा जान नदिन र प्रदेश सभा विघटनतर्फ लैजान यो भेटघाटले भूमिको खेल्ने छ ।

तर जनमोर्चाका उनीबाहेकका सांसद भने प्रतिपक्षी मोर्चामा छन् ।

४ दलसहित १ जना स्वतन्त्र सांसद गरी ३१ जना सशरीर उपस्थित भएर हस्ताक्षर पेस गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width