प्रदेश प्रमुख कार्यालयमा ३१ सांसदको हस्ताक्षर सनाखत

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
192824226_391384312324450_3013787022535643545_n

पोखरा । गण्डकीमा वैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएपछि फेरि हस्ताक्षर सनाखत गरेका छन् ।

सरकारका निर्माणका लागि चाहिने ३१ जना सांसद नै भौतिक रुपमा उपस्थित भएर उनीहरुले हस्ताक्षर बुझाएपछि सबै जनाले फेरि हस्ताक्षर गरेका हुन् । हस्ताक्षर नक्कली हो भनेर फेरि सत्ता पक्षकाले दाबी गरे भने त्यसैको प्रमाणका लागि उनीहरुले सनाखत गर्नु परेको हो ।

प्रदेश प्रमुखले भोलि दिउँसो ३ बजेसम्मको समय तोकेर आह्वान गरे पनि बहुमत सदस्य (३१) सहित आजै उपस्थित भएर बुझाइएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर दावी पेस गर्न आजै आह्वान गरेकी थिइन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।

प्रदेश सभामा हिजो मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको पहल सुरु भएको हो । मुख्यमन्त्रीले २७ मत ल्याउँदा विपक्षीले ३० मत प्राप्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width