प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ दिए, मत विभाजनको प्रक्रिया सुरु

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
speaker

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन् । सुरुदेखि नै आफू संघीयताको पक्षमा जुधेर लागेको बताएका छन् ।

अरु प्रदेशभन्दा अब्बल रुपमा कार्यसम्पादन गरेको दाबी गर्दै उनले संघ सरकारले समेत गण्डकीका कार्यक्रमको अनुसरण गरेको बताए ।

छलफल समाप्तिसँगै अब मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीसँग २७ मत छन् । मुख्यमन्त्रीले मन्त्री बनाएका राजीव गुरुङ (दीपक मनाङे) ले उनको साथ छोड्ने बताएका छन् । बहुमतका लागि ३१ मत चाहिन्छ । कतैबाट फ्लोर क्रस नभएमा मुख्यमन्त्रीको पद नजोगिनी निश्चित छ ।

वैशाख २६ मा राजीनामा दिएमा मुख्यमन्त्री गुरुङ २९ गते पुन नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले संसदको फेस गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width