प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ   

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
supreme court

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो ।

इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गर्नुभएको थियो । आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।   रासस

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै