३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७८
helth news 020 (2)

पोखरा । बोधी सत्वा बिहार, काठमाडौं र सामाजिक अभियन्ता शान्त शर्माको पहलमा कास्कीमा २० थान अक्सिजन कन्सन्ट्रेटरसहित करिब ३० लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । ती सामग्री विहीबार कास्कीका ३ सामुदायिक अस्पताल, कास्कीका गाउँपालिका, पत्रकार महासंघ कास्की, फोटो पत्रकार महासंघ गण्डकी सहित विभिन्न संघसंस्थालाई वितरण गरियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताल र शिशुवा कोभिड अस्पताललाई १० लिटरका २ र ५ लिटरका ३ गरी ५/५ थान अक्सिजन कन्सट्रेटर वितरण गरिएको पोखराका लागि स्वास्थ्य सामग्री वितरण संयोजक पत्रकार दीननाथ बरालले बताए । साथै ती अस्पताललाई पिपिई १ सय सेट, १ कार्टुन औषधी, मास्क, सेनिटाइजर, ट्वाइलेट क्लिनर, फिनेल, ह्यान्डवास, फेससिल्ड, अक्सोमिटर वितरण गरियो ।

यस्तै, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडी, पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल, पोखरा २२ स्वास्थ्य चौकीका अहेव विदुर रेग्मी, पत्रकार महासंघ कास्की, फोटो पत्रकार महासंघ गण्डकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरियो ।

बोधि सत्वा बिहार र सामाजिक अभियन्ता शान्त शर्माका पहलमा पोखरा सामग्री कास्कीका ३ सामुदायिकसहित विभिन्न संघसंस्थालाई वितरण गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल, संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचनलाई उक्त स्वास्थ्य सामाग्री संयोजक दीननाथ बराल, सामाजिक बाल अभियन्ता पे्रन्सा रेग्मी, पोखरेली युवा व्यवसायी श्याम शेरचनले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेयर जिसीले प्राप्त स्वास्थ्य सामग्री आवश्यकताको आधारमा प्रयोग गर्ने बताउँदै महामारीका बेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक भएको बताए । पोखरा २७ को वडा कार्यालयमा आफूहरुले चुनौती मोलेरै १० दिनमा १ सय बेडको शिशुवा कोभिड उपचार केन्द्रको अस्पताल सञ्चालन गरेको उनले जनाए । प्रतिष्ठानका निर्देशक प्राडा खत्रीले नेपालको स्वास्थ्य क्षेत्र कमजोर व्यवस्थापनले महामारीमा मानिसलाई उचित स्वास्थ्य सेवा दिन कठिन हुने गरेको जनाए ।

पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले महामारीको बेला प्राप्त सहयोगको गुन भुल्न नसकिने बताइन् ।

अन्नपूर्ण, रुपा र मादी गाउँपालिकालाई ५ लिटरको अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामग्री शुक्रबार वितरण गरिने संयोजक बरालले बताए । काठमाडौंबाट पोखरासम्म २ मिनी ट्रक गाडीमा उक्त सामान ल्याउने व्यवस्था सामाजिक अभियन्ता प्रेन्सा रेग्मीले गरेकी थिइन् ।

बुद्ध गुरु मास्टर्सको पहलमा नेपालमा यस वर्ष करिब १३ करोडभन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री भित्रिँदै गरेको नेपाल संयोजक शान्त शर्माले बताए । पहिलो चरणमा बुद्ध गुरु मास्टर्स र बोधी सत्वा बिहारबाट करिब ५ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री नेपालमा वितरण भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width