पोखरा । पोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितको लागि अत्यावश्यक अक्सिजन कन्सन्टेटर मेसिनसहित आवश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।
कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रबिन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरिएको अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।
‘अहिलेको अहिलेको अवस्था निकै जटिल छ, मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री नेपाल ल्याएका हौं,’ भट्टराईले भने ।
भट्टराईका अनुसार करिब ११ लाख मूल्य बराबरको उक्त सामग्री खरिदका लागि परिषदमा आवद्ध पर्यटन व्यवसायी संघसंस्था र अन्य पर्यटन व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए ।
विशेष गरी कोभिड १९ का बिरामीलाई लक्ष्य गरी स्वास्थ्य उपचारका लागि अत्यावश्यक कोभिड अक्सिजन कन्सन्टेटर मेसिन ६ थान सहित अक्सिजन मेसिन (१० लिटर) ४ थान, पिपिइ सेट ५ सय थान, पञ्जा १ हजार पिस, मास्क १० हजार पिस स्वास्थ्य सामग्री ल्याइएको परिषदका महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।
नमस्ते कम्युनिटी फाउन्डेसनले २ थान अक्सिजन कन्सन्टेटर मेसिन सहयोग गरेको हो ।
शर्माले उक्त सामग्री जेठ १६ गते आइतबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको उपस्थितिमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा संक्रमण रोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१