पोखराको फूलबारीमा दिव्य शान्ति अनुभूति केन्द्रको निर्माण जारी

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
brahmakumari (1)

पोखरा । पोखराको फूलबारीमा निर्माणाधीन दिव्य शान्ति अनुभूति केन्द्रको १० प्रतिशत निर्माण सकिएको छ । कुल २५ करोड रुपैयाँ अनुमानित लागत रहेको सो केन्द्रको हाल पिल्लर उठाउने कार्य भइरहेको प्राविधिकले जनाएका छन् । निर्माणमा हालसम्म साढे २ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयको पोखरा पिस रिट्रिट सेन्टरअन्तर्गत निर्माणाधीन सो केन्द्रमा ९ सय र ५ सय जना मानिस अट्ने २ छुट्टाछुट्टै राजयोग सभाहल, अनुभूति कक्ष र जीवन मूल्य संग्रहालय मुख्य आकर्षणका रुपमा रहने छन् ।

पोखरा–११, फूलबारीको शिवशक्तिमार्गमा संस्थाको स्वामित्वमा रहेको १ हजार ८ सय २२ वर्ग मिटर जग्गाको करिब आधाजसो जग्गा केन्द्रको भवनले ओगट्ने छ ।

केन्द्रले मानिसको जीवनशैली, आचरण, आहार, विहार, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउनुका साथै पोखरामा पर्यटन प्रवद्र्धनमा नयाँ गन्तव्य थपिने विश्वास गरिएको छ । यसले सांस्कृतिक तथा आध्यात्मिक उन्नति गर्दै जो कोहीलाई पनि चरित्रवान् र शान्तिप्रिय बन्न प्रेरित गर्ने विश्वास छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width