पोखरा । पोखरा औधोगिक क्षेत्रमा ग्यास लिन जाने सवारीको लर्को देखिन्छ आजभोलि । ग्यास लिनका लागि एक्बुलेन्सदेखि मिनि भ्यानको लाम हुन्छ । त्यही लाइनमा थिए, स्याङ्जाका २२ वर्षीय बुद्धि पौडेल । कालिगण्डकी अक्सिजन ग्यास प्रालिको प्रांगणको एउटा बेन्चमा बसेर केही आत्तालिदै पनि थिए, पौडेल । उनले पोखराको चरक मेमोरियल अस्पतालमा ग्यास ओसार्ने काम गर्छन् ।
उनको अनुहारमा चमक थिएन्, किनभने उनी ग्यास कै लागि दिनरात नभनी खटिएका छन् । उनलाई दिनको भोक र रातको निदको कुनै फिक्री छैन् । दिउँसो पनि उनी ग्यास लिन कै लागि औधोगिक क्षेत्र पुगेका हुन् । आफ्नो पालो कहिले आउँछ भन्ने भन्दा पनि ग्यास समयमा पुर्याउन सकिएन भने कोरोना संक्रमितको ज्यान तलमाथि हुन्छ कि ? भन्ने पिरलो थियो उनलाई । बिरामीको चिन्ताले मनमा हुटहुटी बढेको उनले बताए ।
आफूले काम गर्ने अस्पतालमा ग्यास प्लान्ट नभएका कारण निजी ग्यास कम्पनीबाटै ग्यास पुर्याएको उनले बताए । चरक अस्पतालमा अहिले प्रत्येक आधा घन्टामा ८ वटा सिलिन्डर खाली हुने गरेको उनी बताउँछन् । ‘सिलिन्डर खाली हुने बित्तिकै कि पोखरा कि कालीगण्डकीमा दौडिहाल्ने हो,’ उनले भने, ‘अहिले एउटा एम्बुलेन्स र जीपबाट ग्यास ओसारिरहेका छौं ।’
पौडेलले चरक अस्पतालमा ड्राइभिङको काम गर्न थालेको असारदेखि हो । असारमा उनले काम गर्दा कम्पनीको गाडि नै अस्पतालमा ग्यास छोड्न जाने गरेको उनी सम्झन्छन् । गएको केही हप्तादेखि अस्पतालको गाडी नै ग्यास कम्पनी पुग्ने परेको उनले बताए । उनले दैनिक १० ट्रिपसम्म ग्यास ओसार्ने गर्छन् । ‘यस्तो अवस्था आउँला भनेर कहिले सोचेको थिइन्,’ उनले भने, ‘८ ट्रिप सधैं ओसार्ने गर्छु, कहिले अझै धेरै नै हुन्छ ।’ अस्पतालमा ग्यास प्लान्ट भए केही सहज हुने पौडेलले बताए ।
कालीगण्डकी अक्सिजन ग्यास प्रालि भने पछिल्लो समय माग बढी भएको कारण पुर्याउन गाह्रो परेको बताउँछ । कम्पनी स्थापना गर्दा गण्डकी प्रदेशलाई धान्ने गरि बनाएपनि पछिल्लो समय देशलाई कठिन परेको बेला आफूहरुलाई पनि अप्ठेरो भएको कालीगण्डकीका अध्यक्ष कालिदास बरालले जानकारी दिए । ‘कसैले पनि आफ्नो उद्योग राख्दा क्याल्कुलेसन गरेर मात्र राख्छ, त्यो अनुसार सिलिन्डर र बत्ती राम्रोसँग दिने हो भने ४ नम्बर क्षेत्रलाई पुग्छ,’ उनले भने, ‘तर परिस्थिति कस्तो भइदियो भने सय जना जन्ती बोलाएर १ मानाको चामल पकाएर चम्चाले बाँडेर प्लेटमा खान दिने स्थिति आयो ।’
पहिला अस्पताललाई फोन गरेर ढोकामै सेवा पुर्याउँदै आएको उनले सम्झिए । योभन्दा अगाडि एउटा अस्पतलालाई ३० वटा सिलिन्डर दिँदा पुग्ने ठाउँमा अहिले १ सय ५० भन्दा बढी आवश्यक पर्ने गरेको उनले बताए । पोखराका अस्तालहरुलाई मात्र नभएर प्रदेशको अन्य जिल्लाबाट उति नै संख्यामा अक्सिजन लिनका लागि गाडि आउने गरेको उनको भनाइ छ । ‘गल्याङबाट आउँछ, गोरखाबाट आउँछ पहिलाको धौलागिरी अञ्चल पूरै धान्नु परेको छ,’ उनले भने, ‘यसले गर्दा आफूहरुलाई धेरै कठिन परेको छ, यस्तो कठिन त लाइफमा कहिले पनि सोंचेको थिइन् ।’
ग्यासको माग बढी भएका कारण २४ घन्टा काम गरेको उनले सुनाए । उनलाई दैनिक ६ सय देखि हजार फोन ग्यास कै लागि आउने गरेको छ । जति नै दुख भए पनि ज्यान भ्याएसम्म कर्मचारीहरुलाई फकाएर देशको कठिन परिस्थितीमा साथ दिने बरालले बताए ।
अहिले पोखरा अक्सिजन ग्यास प्रालिले दैनिक ८ सय सिलिन्डर अस्पतालमा पुर्याइरहेको छ । पोखरालाई अक्सिजन अभाव नभएपनि सिलिन्डर जुटाउन भने सकस परेको छ । सिलिन्डर अभावले समस्या ल्याउने सम्भावना देखिएको पोखरा अक्सिजन ग्यास प्रालिका प्रमुख दीपक भण्डारीले जानकारी दिए । स्रोतसाधन र सिलिन्डर भएसम्म अक्सिजनको अभाव हुन नदिने भण्डारी बताउँछन् ।
प्रालिले सामान्य समयमा उद्योग कलकारखाना र अस्पतालाई दैनिक १ सय देखि डेढ सयको हाराहारीमा सिलिन्डर पठाउँथ्यो । तर अहिले दैनिक ८ सयको हाराहारीमा अस्पताललाई मात्र अक्सिजन पुर्याइरहेको छ । प्रालिले कामको चाप बढी भएर कामदार समेत थपेको छ । तर व्यक्तिले घरमा सिलिन्डर जोहो गर्दा अभाव देखिएको छ । पछिल्लो समय कामको चाप बढेको भए पनि सबैतिर मिलाएर ग्यासको अभाव हुन नदिने उनले बताए ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१