काठमाडौं । कोरोना महामारीको बढ्दो संक्रमणबीच सूचना र समाचार प्रवाह गर्दा विशेष ध्यान पुर्याउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको आयोजना शनिबार गरिएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले आम नागरिकमा सही सूचना, विश्वास र धैर्य प्रवाह गर्न सुझाव दिएका हुन् ।
जोन्स हप्किन्स विश्वविद्यालय, अमेरिकाका डा. विशाल भण्डारीले महामारीको समयमा सञ्चारकर्मीहरु पनि स्वास्थ्यकर्मी जत्तिकै जोखिममा रहेको बताए । उनले आफू, आफ्नो परिवारसँगै समाजलाई पनि सुरक्षित राख्ने दायित्व पनि पत्रकारहरुमा रहेको बताए ।
‘आफू र आफ्नो परिवार भन्दा ठूलो स्टोरी संसारमा केही छैन । पहिले आफू र आफ्नो परिवारलाई जोगाऔं’, डा. भण्डारीले भने, ‘त्यससँगै समाजलाई भाइरससँगै सूचनाको महामारीबाट पनि सुरक्षित राख्न लागिपरौं ।’
उनले काम गर्ने सिलसिलामा सुरक्षित क्षेत्र पहिचान गर्न, फेस टु फेस अन्तर्वार्ता नगर्न, बिरामीको गोपनीयतालाई ख्याल राख्न र मानसिक स्वास्थ्यलाई समेत ध्यान दिन अनुरोध गरे । उनले समाचार संकलन, छायांकनका क्रममा र कार्यालयमा काम गर्ने क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अपिल गरे ।
डा. भण्डारीले अहिले नेपालको अवस्था भारतको भन्दा डरलाग्दो रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिले दैनिक कम्तिमा पनि ४० हजारदेखि ५० हजार जनाको कोरोना परीक्षण गर्नुपर्ने बताए ।
यस्तै, प्राध्यापक एवं सञ्चार अध्येता रामकृष्ण रेग्मीले पनि सञ्चारकर्मीहरु स्वास्थ्यकर्मी जत्तिकै जोखिममा रहेको उल्लेख गरे । तर, समाचार सम्प्रेषण गर्दा जनतालाई पीडा उत्पन्न गराउन नहुने उनको सुझाव छ ।
‘पहिलो बन्ने होडमा तथ्यमा नचुकौं । स्रोतमा अन्त्यन्त सचेत र गम्भीर बनौं’, प्राध्यापक रेग्मीले भने, ‘कन्टेन्ट, तस्वीर, हेडलाइन र भाषामा ख्याल गरौं ।’
उनले महामारीका बेला नेपाली पत्रकारिता क्षेत्रको काम सन्तोषजनक नै रहेको बताउँदै राज्यका तर्फबाट भएका कमजोरीलाई सुधार्नका लागि पहल गर्नुपर्ने बताए ।
‘सीमान्तकृत आवाज मिडियामा जति आउनुपर्ने हो त्यति आएनन् । उनीहरु अझै पनि परीक्षणको पहुँचमा पुगेका छैनन् । स्रोत, साधन उनीहरुसम्म पुगेको छैन’, रेग्मीले थपे ।
रेग्मीले सञ्चारगृहहरुले यस्तो बेला घरबाटै काम गर्ने वातावरण मिलाउनुपर्ने, त्यसका लागि स्रोत, साधनको व्यवस्था गरिदिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महामारी नियन्त्रणमा राज्यलाई झक्झक्याइरहनुपर्ने बताए ।
उनले विश्वमा मिडियाले जहाँ राज्यलाई धेरै प्रश्न गरेका छ त्यहाँ महामारी नियन्त्रणमा सहयोग पुगेको उल्लेख गर्दै नागरिको स्वास्थ्यलाई ध्यान देऊ भनेर राज्यलाई भन्न नछोड्नुपर्ने बताए ।
अध्यक्ष पोखरेलले अहिले पत्रकारका मुख्य तीनवटा जिम्मेवारी रहेको बताए । आफू सुरक्षित हुँदै बदनीयत र वेतिथिविरुद्ध लड्नुपर्ने र सही सूचना सम्प्रेषण गर्नुपर्ने उनले बताए ।
उनले महामारीको बेला सञ्चारकर्मीहरुको पेशागत सुरक्षालाई ध्यान दिन सञ्चारगृहहरुलाई अनुरोध गरे ।
प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले संक्रमणबाट आफु, परिवार र समाजलाई जोगाउँदै आम जनतालाई सूसुचित गर्ने दायित्व पत्रकार माझ आएको बताए । अहिलेको जोखिमका बेला आत्मसावधानीमा अझ धेरै ख्याल गर्न आग्रह गर्दै प्रतिष्ठान प्रदेशमा कार्यरत १सय ७५ बढि पत्रकार कोरोना भाइरसबाट संक्रमित भएको बताए ।
अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, पूर्वपदाधिकारी, वर्तमान पदाधिकारी, विभिन्न प्रतिष्ठान शाखाका पदाधिकारी, जिल्ला शाखाका पदाधिकारी, प्रतिष्ठान प्रदेशका पदाधिकारीलगायत पाँचथर, कास्की, सुर्खेत, बाँके लगायत जिल्लाबाट पनि पत्रकारहरु सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१