हिजोआज सामाजिक सञ्जाल खोल्नेबित्तिकै त्रासलाग्दा खबर देखिन्छन् । पहिला पहिला यति संक्रमित भए भन्ने खबरका लिंक आउँथे । ए उसलाई कोरोना लागेको रहेछ, छिटै बिसेक लाग्छ भनेर बसिन्थ्यो । अहिलेका खबर भयानक हुन्छन् अनि मन नै अत्याउने हुन्छन् । मुटु थर्काउने हुन्छन् । ३० वैशाखको बिहानै सामाजिक सञ्जालबाटै दुखद खबर थाहा लाग्यो । सारै मिजासिलो, फरासिलो र कर्मशील एक सञ्चारकर्मीले कोरोनासँगको लडाइँ हारे । पोखराबाट प्रशारण हुने गण्डकी टेलिभिजनका निर्देशक गणेश पौडेलले बिहानै यो संसारबाट बिदा लिएछन् । यो खबरले २ तरिकाबाट दुखी बनायो । एक त चिनेजानेको साथीको कलिलो उमेरमै निधन भयो । त्यो पनि सबैसँग हाँस्ने, बोल्ने रमाउने व्यवहारको साथी । यसले मन खिन्न बनायो । त्योसँगै अर्को त्रास सुरु भयो । सञ्चारकर्मीहरु जहिले, जतिखिेर, जहाँ पनि पुग्नुपर्छ । सबैतिर खतरा छ । कोरानोको भाइरसले आक्रमण गर्न सक्छ । कि त उपचार नपाइन सक्छ, कि त पाइहाले पनि बाँच्ने सम्भावना कम छ । यी र यस्तै भावना आज पोखरेली सञ्चारकर्मीहरुले व्यक्त गरे ।
डर छ, त्रास छ र पनि खबर कर्ममा लाग्नेहरु निरन्तर खटिएकै छन् । तर कसरी खटिने भन्ने आफैमा भर पर्छ । हिँडडुल गरिरहनुपर्छ । भीडभाडमा पनि पुग्नै पर्छ । त्यति नभए ताजा समाचार संकलन गर्न सकिँदैन । त्यहि भएर पत्रकारहरु जोखिम मोलेरै भए पनि कर्ममा खटिएका छन् । यस्तो महामारीका बेला धेरै मानिस जानकारीका लागि सञ्चारमाध्यमकै भर परेका हुन्छन् । त्यसैका लागि भए पनि अपडेट जरुरी छ । यस्तो बेलामा पत्रकारहरुले डर र त्रासका भन्दा पनि अलि मनोपरामर्श प्रदान गर्ने खालका समाचार प्रवाह गर्दा उपयुक्त हुन्छ भन्नेमा दुईमत छैन । कोरोना संक्रमण भएर निको भएकाहरु भन्छन्– आइसोलेसनमा बसेका बेला सामाजिक सञ्जाल र मिडिया त सारै नै घातक रहेनछन् भनेर । त्यसो भन्नुको कारण हो ती माध्यमबाट सकारात्मक सन्देश प्रवाह भएनन् ।
यी र यस्तै जोखिम मोलेरै भए पनि सञ्चारकर्मीहरु कर्ममा खटिनुनै परेको छ । पोहोरदेखि नै हामीले पाठ सिकिसकेका छौं । सकेसम्म घरबाटै काम गरौं । निस्कनै पर्ने भए पनि स्वास्थ्य मापदण्ड पालना गर्न कदापि नचुकौं । कार्यालयमा काम गर्नुपर्ने भए पनि दुरी कायम गरौं । यो कोभिडको महामारी बढ्दै जाँदा सञ्चारकर्मीको रोजगारीमा समेत चुनौती थपिने निश्चित छ । पोहोरकै घटना हेर्ने हो भने पनि मुलुकभर हजारौं पत्रकारले जागिर गुमाए । कतिले अहिलेसम्म तलब समेत पाएका छैनन् । रोजगारी गुमाएपछि साँझबिहान हातमुख जोड्नै धौ हुन्छ । यस्तो अवस्थामा पत्रकारको छाता संस्था महासंघ र अन्य संघसंस्था अलि चनाखो हुन जरुरी छ । आखिर संगठनको भर चाहिने दुख पर्दा त हो नि ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१