गण्डकी मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङले नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम बुधबार साँझ उनलाइ  नियुक्त गरेकी हुन् । अहिले सपथकाे तयारी चलेकाे छ ।  गुरुङ प्रदेश प्रमुखकाे निवासमा पुगिसकेका छन् ।

गण्डकी प्रदेशमा सरकार गठनका लागि कांग्रेससहितको गठबन्धनले गरेको दाबीका बाबजुद ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङले अवसर पाएका हुन् ।

गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । ४ दलको समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर भने थिएन । विश्वासको मत लिने बेलामा बहुमत पु¥याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो । तर जनमाेर्चाका २ सांसदले धाेका दिएपछि गठबन्धनकाे प्रयास असफल भएकाे हाे ।

मुख्यमन्त्रीबाट गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुखलले बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिएकी थिइन् ।

मुख्यमन्त्रीमा सपथ खाएपछि गुरुङले फेरि एक महिनाभित्रमा विश्वासको मत लिनु पर्नेछ । जुन उनका लागि अहिले कठीन देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै