पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट सांसदहरूले नेता नेपाललाई राजीनामा बुझाएका छन्।
उक्त राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपालसँग अहिले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले अन्तिम छलफल गरिरहेका छन्।
नेपालनिकट सांसद मेटमणि चौधरीका अनुसार अहिले नेता नेपाल र नेम्वाङ- पौडेलबीच छलफल चलिरहेको छ।
माधव नेपाल पक्षका सांसदहरूले नेता नेपाललाई राजीनामा बुझाइसकेका छन्। राजीनामा बुझाउनुअघि नेपाल पक्षका सांसदहरू सिंहदरबारमा बैठक बस्दैछन्।
‘हामी आवश्यक परेमा राजीनामा दिन तयार छौं भनेर माधव नेपाललाई हस्ताक्षर पनि बुझाइसकेका छौं,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताइरहेका छन्। विश्वासको मत लिने अघिल्लो दिन नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ।
नेता नेपाल पक्षले गत फागुन २८ गते अध्यक्ष ओलीले गरेका निर्णय फिर्ता हुनुपर्ने अडान राखिरहेका छन्।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१