पोखरा । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदका लागि ५ करोड विनियोजन गरेको छ ।
बढ्दै गरेको कोरोनाको दोस्रो भेरियन्ट नियन्त्रणका लागि प्रदेश सरकार चनाखो भएर लागेको सामाजिक विकास मन्त्री नरदेवी पुनले बताइन् । योभन्दा अगाडि नै २० हजार किट किनेर राखिएको उनको भनाइ छ । संक्रमणदर बढ्दै गएको अवस्थामा ती किटहरु पनि जोगाएर चलाउनुपर्ने अवस्था आएको छ । विश्वबजारमै अभाव भएमा गाह्रो हुने अवस्थालाई मध्यनजर गर्दै चलाएको उनले बताइन् । ‘२० हजार किट खरिद गरेर काम चलाइरहेका छौं,’ उनले भनिन्, ‘त्यसपछि पनि हामीले आवश्यक सामग्री खरिद गर्न प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ५ करोड छुट्याएका छौं, आपूर्तिबाट प्रोसेस अगाडि बढायो होला ।’
एम्बुलेन्सको जिम्मा प्रत्येक जिल्लाका सिडिओलाई दिइएको छ
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले तयारी स्वरुप पिपिइ, किटलगायत सबैमा तयारी अवस्था रहेको बताए । ‘हामीले १ डेढ महिना अगाडि नै प्लान गर्छौ,’ उनले भने, ‘योभन्दा अगाडि नै हामीले यो काम गरिहेका छौं, पछिल्लो संक्रमणलाई हेरेर फेरि पनि टेन्डर भइसकेको छ ।’ अहिलेको अवस्थामा पनि स्वास्थ्य सामग्री मौज्दात राम्रै रहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको शर्माको भनाइ छ ।
संघ सरकारसँग पनि आफूहरुको राम्रो सम्बन्ध रहेको उनले बताए । ‘संघ सरकारले १ सय वटा हाई डिपेन्डेन्सी युनिट (एचडीयु) बेड गण्डकी हस्पिटलमा पठाइसकेको छ,’ उनले भने, ‘यसको मूल्य भनेको १२ करोड ६० लाख हो ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पनि तयारी तीव्र बनाएको छ । अस्पतालको नयाँ बन्दै गरेको भवनमा २ सयसम्मको बेड तयार गर्न लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा क्षेत्रीय अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यले बताए । अहिले महानगर, प्रदेशबाट सहयोग भइरहेको छ । आवश्यक परेको खण्डमा प्रमाणीकरण भएको खण्डमा संघले पनि सहयोग गर्ने आचार्यले बताए ।
सामाजिक विकास मन्त्री पुनले २ सय बेडभन्दा तलका निजी अस्पतालहरु प्रदेश मातहतबाट चलाउने बताइन् । जनशक्ति व्यवस्थापनका लागि पनि प्रदेश सरकारले सूचना खोलिसकेको छ । ‘थप जनशक्तिका लागि संघ सरकारले के गर्ने, प्रदेशले के गर्ने भनेर एकखालको तयारी छ,’ उनले भनिन्, ‘पहिला आफ्नो अस्पताल थिएन्, अहिले संक्रामक तथा सरुवा रोग अस्पताल बनाइएको छ, त्यहाँ पनि कोरोना संक्रमितको उपचार भइरहेको छ ।’ निजी अस्पतालसँग पनि आइसोलेसनका लागि सहकार्य भइरहेको छ । गण्डकी अस्पतालमा बनेको नयाँ भवनमा कपर पाइपिङसहितको आइसोलेसन बनाउन ६२ लाख दिने भनेर प्रक्रिया अगाडि बढाएको छ । त्यहाँ आवश्यक करिब १ सय १० स्टाफ नर्सका लागि संघ सरकारसँग माग्ने तयारी भइरहेको छ ।
त्योबाहेक मनाङ र मुस्ताङलाई ३/३ वटा अरु जिल्लालाई ५/५ वटा स्टार्फ नर्स राख्ने गरी रकम पठाइसकेको उनले बताइन् । अक्सिजनका लागि अब कुनै पनि सिलिन्डर प्रदेश बाहिर नपठाउने गरी तयारी थालिएको छ । एम्बुलेन्सको जिम्मा प्रत्येक जिल्लाका सिडिओलाई दिइएको छ । ‘हामीले डिसिसीएमसीलाई सजिलो होस् भनेर हामीले ५/५ लाख पठाइसकेको छौं, हामीले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालयलाई पनि दिएका छौं ।’
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१