एमाले सांसद विमला खत्री माओवादीमा प्रवेश, लुम्बिनीको सत्ता खेलमा नाटकीय मोड

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
bimala oli

पोखरा  । नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री (ओली) एकाएक हराएपछि सरकार परिवर्तनको खेलमा नाटकीय मोड देखिएको छ ।

उनी उनी नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने तयारीमा सम्पर्कविहीन बनेको बताइएको छ ।

उनले आइतबार नै माओवादी प्रवेशको औपचारिक जानकारी दिने माओवादीका एक नेताले बताए । आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको एकल बहुमत पुग्ने आकलन गरिएपनि एमालेकै सांसद सम्पर्कविहीन भएपछि लुम्बिनीको सत्ता समीकरण रोचक बनेको छ ।

‘एमाले सांसद ओली हाम्रो सम्पर्कमा हुनुहुन्छ । उहाँ माओवादी प्रवेश गर्ने धेरै लामो समयदेखि तयारी थियो । आज बाहिर मात्रै आएको हो’, माओवादी एक सांसदले भने ।

लुम्बिनीमा हाल कायम रहेको सदस्य संख्या ८१ छ । एमालेको एक्लै ४१ मत पुग्ने भएपछि मुख्यमन्त्रीले एमालेकै एकल सरकार बनाउने सोचका साथ आजनै राजीनामा दिएका थिए ।

एमालेका ४१ जना सांसदमध्ये ओली माओवादी प्रवेश गरेपछि ४० जना मात्रै हुने छन्। ओली दाङ क्षेत्र नम्बर तीन प्रदेश ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।

उनका श्रीमान उत्तरकुमार ओली सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै