सांसद खीमविक्रमले अस्पतालबाटै भने : पार्टीको निर्णयप्रति प्रतिबद्ध छु

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
khim bikram

चरक अस्पतालमा उपचाररत सांसद शाही

पोखरा । संसद बैठकमा अनुपस्थित भएपछि एकाएक विवादमा आएका जनमोर्चाका सांसद खीमविक्रम शाहीले अस्पताको शैयाबाट विज्ञप्ति निकालेर पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार विज्ञप्ति निकालेर अहिले आफू विस्तारै निको हुँदै गएको र अस्पतालबाट बाहिर आएपछि सबै आफ्नो भनाइ सार्वजनिक गर्ने बताएका छन्।

बुधबार सदन जाने तयारीमा रहेका बेला अचानक बिरामी भएपछि भाइलाई सम्पर्क गरेको र अस्पताल लैजाने क्रममा बेहोस भएको उनले उल्लेख गरेका छन् ।

अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरिदिन उनले आग्रह समेत गरेका छन् ।

३ थरी रिपोर्ट र कोरोनाका बारेमा भने उनले केही उल्लेख गरेका छैनन् ।

Related News

सम्बन्धित समाचार

  • धुँवा पुत्याउने गाडी फन्दामा

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा प¥यो ।…
  • मजदुरलाई छैन मजदुर दिवस रौनक

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको…
  • गण्डकीमा संविधान भर्सेज सर्वोच्च

    प्रकाश ढकाल वैशाख २०, २०८१
    पोखरा । सर्वोच्चको आदेशले मुख्यमन्त्री पद कायम रहेका खगराज अधिकारीले २४ वैशाखअघि नै विश्वासको मत लिनुपर्छ । उनी संसद् ‘फेस’…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • बुद्धजयन्तीमा याङ्जाकोटमा मेला

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । २५६८ औं बुद्धजयन्ती अवसरमा मादी गाउँपालिका ३, याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लब…

hero news full width