पौडी खेल्दा बेपत्ता युवकको शव भेटियो

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
Corona-deaths-1200

पोखरा । तनहुँको मादी नदीमा पौडी खेल्ने क्रममा शनिबार बेपत्ता भएका १ युवाको शव सोमबाट भेटिएको छ ।

स्याङ्जा घर भई तनहुँको ब्यास नगरपालिका–५ मोचाबारी डेरा गरी बस्ने १८ वर्षे रमेश विक शनिबार पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए ।

व्यास नगरपालिका–५ पटेनीस्थित मादी नदीमा ग१त ६१७० नम्बरको ट्याक्टरमा ढुंगा लोड गर्न गएको उनी पौडी खेल्दा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्ने क्रममा सोमबार १० बजे व्यास नगरपालिका–५ चापाघाट बोरिङस्थित सेती नदीको किनारमा मृतावस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width