अविश्वास प्रस्ताव टेबुल हुनु अगाडि जसपाले माग्यो लिखित सहमति

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७८
harisharan

पोखरा । गण्डकीमा पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टीले लिखित सहमति गरेर अगाडि बढ्नुपर्ने शर्त २ दल समक्ष तेस्र्याएको छ ।

मन्त्रालयको बाँडफाँट, राजनीतिक नियुक्ति, प्रदेश सभामा पार्टीको स्थान लगायत विषयमा लिखित सम्झौता आफूहरुले चाहेको उनले बताएका छन् । अविश्वासको पक्षमा मतदान गर्ने वा नगर्ने भन्ने बारेमा त्यतिबेला नै निर्णय हुने उनको भनाइ छ । उनले भने, ‘हामीले समान भन्दा पनि सम्मानजनक हैसियतको माग गरेका छौं, राजनीतिक संस्कारका लागि पनि यो जरुरी छ ।’

सत्तामा पुगिसकेपछि तिक्तता आउनुभन्दा पहिले नै यस्ता राजनीतिक विषयमा छिनोफानो गर्नुपर्ने अडानमा आफूहरु रहेको उनले बताए । विशेष अधिवेशन सुरु हुनुअघि नै लिखित सहमति गर्नुपर्ने भन्दै उनले ठूला दलले साना दललाई सँधैं पेलेरै जाने पद्धतिको अन्त्य हुनपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने । पोखरामा उपलब्ध केन्द्रीय सदस्यको आइतबार बसेको पार्टी कमिटी बैठकले २ दलसँग लिखित सहमति गरेरै जान निर्देशन गरेको आचार्यले बताए ।

राष्ट्रिय जनमोर्चा नेपाल सरकारमा सामेल हुने विश्वासका साथ आफूहरुले वैशाख २ गते अविश्वासको प्रस्तावमा हस्ताक्षर गरे पनि अहिले भने अवस्था बदलिएको उनले बताए । राजपा सांसद आचार्यको यो भनाइपछि अविश्वासको प्रस्ताव असफल त हुने होइन भन्ने आशंकका झनै बढेको छ । ६० सदस्यीय प्रदेश सभामा राजपाका २ सांसद छ ।

राजपाका २ समेत कांग्रेस र माओवादीसहित २८ सांसदको हस्ताक्षरसहित वैशाख २ गते प्रदेश सभामा अविश्वासको प्रस्ताव सम्बन्धी सूचना दर्ता भएको थियो । सोमबार सुरु हुने विशेष अधिवेशनमा उक्त प्रस्ताव टेबुल हुने कार्यसूची आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पारित गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै