पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा सक्नुपर्ने

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
school `

पाेखरा । पोखरा महानगर भित्रका विद्यालयले वैशाखभित्रै आफ्ना वार्षिक परीक्षा सकिसक्नुपर्ने महानगर शिक्षा समितिले जनाएको छ ।

कोरोनाको बढ्दै गर्दा भौतिक अवस्था, स्वस्थ्य मापदण्डलाई ख्याल गर्दै विद्यालयले लिने वार्षिक परीक्षा वैशाखभित्रै लिनुपर्ने आइतबारको बैठकले निर्णय गरेको हो ।

बैठकमा प्याब्सन, एनप्याब्सन, अभिभावक संघ, नगरस्तरीय परीक्षा समिति लगायतका प्रतिनिधि सहभागी थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्की जिल्लालाई अति प्रभावित जिल्लामा वर्गाीकरण गरेको छ ।

अति प्रभावित जिल्ला रहेको बताए पनि कास्कीका स्थानीय तहले औपचारिक रुपमा विद्यालय बन्दको घोषणा गरेको छैन ।

जेठ ३ देखि ११ सम्म तोकिएको ८ कक्षाको नगरस्तरीय परीक्षाको मिति पनि हाललाई हेरफेर नगर्ने निर्णय भएको पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • धुँवा पुत्याउने गाडी फन्दामा

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा प¥यो ।…
  • मजदुरलाई छैन मजदुर दिवस रौनक

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको…
  • गण्डकीमा संविधान भर्सेज सर्वोच्च

    प्रकाश ढकाल वैशाख २०, २०८१
    पोखरा । सर्वोच्चको आदेशले मुख्यमन्त्री पद कायम रहेका खगराज अधिकारीले २४ वैशाखअघि नै विश्वासको मत लिनुपर्छ । उनी संसद् ‘फेस’…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • बुद्धजयन्तीमा याङ्जाकोटमा मेला

    आदर्श समाज सम्वाददाता वैशाख १९, २०८१
    पोखरा । २५६८ औं बुद्धजयन्ती अवसरमा मादी गाउँपालिका ३, याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लब…

hero news full width