पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुईदिवसीय क्रिकेट सिरिजको उपाधि कास्की हरियोले जितेको छ । बुधबार भएको अन्तिम प्रतिस्पर्धामा कास्की नीलोलाई १ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । कास्की हरियोले टस जित्दै कास्की नीलोलाई ब्याटिङको निम्तो दिएको थियो ।
कास्की नीलो पहिलो इनिङमा ९० रनमै समेटियो । सोहेल कुँवरले सर्वाधिक २६ रन हिर्काए । निरञ्जन यादवको नाममा भने २२ रन रह्यो । बलिङतर्फ भने सगुन सापकोटाले ५ विकेट लिँदा सुवास भण्डारीले पनि ३ विकेट आनो नाममा लेखाए ।
कास्की हरियोले पहिलो इनिङमा १३४ रन बनाउँदै पहिलो इनिङ टुग्याएको थियो । ३४ रनको अग्रता लियो । निश्चल भुषालको १८, विपीन शाहीको १७ र सुवास भण्डारीको १५ रनको योगदानमा कास्की हरियोले १३४ रन बनाउँदै इनिङमा ३४ रनको अग्रता लिएको थियो । नितेश गिरीको नाममा ५ विकेट लेखियो ।
कास्की नीलोले दोस्रो इनिङ सुरु गर्दै १६० रन बनायो । मुस्कान थापाले अर्धशतकीय पारी खेले । उनले ७३ रनको ठोस इनिङ खेले । त्यस्तै किरण पौडेलले ३६ रन बनाए । सुवास भण्डारीले ५ विकेट लिँदा सगुन सापकोटाको नाममा ४ विकेट लेखियो ।
कास्की हरियोले जितको लागि १२७ रनको लक्ष्य पाएको थियो । जितको लक्ष्यलाई हरियोले १ विकेट बाँकी छँदा पूरा गर्दै च्याम्पियन बन्यो । सुदीप अर्यालले ३८ रन नटआउट हिर्काए । सुवास भण्डारीको नाममा २३ र सिब्रिन श्रेष्ठले १८ रनको योगदान दिएका थिए । दोस्रो इनिङमा नितेश गिरीले ३, निशान कुँवरले २ र किरण पौडेलले २ विकेट लिए ।
पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजन, कास्की क्रिकेट क्लबको व्यवस्थापनमा आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडी सुवास भण्डारी घोषित भए । बेस्ट ब्याट्सम्यानको पुरस्कार गोविन विकले हात पार्दा बेस्ट बलर उपाधि सुवास भण्डारीले थापे । विजेता खेलाडीलाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवनसन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवर, कास्की क्रिकेट क्लबका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, तनहुँ, बागलुङ र स्याङ्जाका ६५ जना खेलाडीबाट छनोट गरी ३ टिम तयार गरिएको थियो । पोखराको क्रिकेट इतिहासमा दुई दिवसीय क्रिकेट सिरिज पहिलोपटक आयोजना गरिएको हो ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस
प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१