सामुदायिक प्रहरी सेवा केन्द्रमा अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७७
community police

पोखरा । सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघर भक्तपुरबाट सामुदायिक अवलोकन भ्रमणका लागि कास्कीमा आएका सामुदायिक पदाधिकारी र प्रहरी कर्मचारीलाई पोखरामा स्वागत गरिएको छ । सो अवसरमा सामुदायिक पदाधिकारी, कार्यसमिति सदस्यहरु र कार्यरत प्रहरी कर्मचारीबीच अन्तरक्रिया गरिएको थियो ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा कास्की अध्यक्ष बोधराज कार्कीले कास्की जिल्लामा क्रियाशील सामुदायिक प्रहरी सेवा केन्द्रले विकृति विसंगति न्यूनीकरणसम्बन्धी समाजमा गर्ने गरेका जनचेतनामूलक गतिविधि बारे जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अन्तरक्रिया र अवलोकन कार्यक्रमले सामुदायिक सामुदायिकबीचको आपसी सम्बन्ध सुमधुर हुने बताए ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले स्वागत मन्तव्यसहित कास्की जिल्लामा रहेका सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापनामाथि प्रकाश पारे । संस्थाका सहकोषाध्यक्ष प्रेम पहारी सदस्य नरेन्द्रप्रसाद आचार्य, विदुरमणि ढुंगाना, खेमराज पौडेल, दोर्जे तामाङ, प्रहरी नायब निरीक्षक होतबहादुर रोका, प्रहरी हवल्दार दीपक ढकाल, प्रहरी जवान भीमप्रसाद काफ्ले, संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली तथा सामुदायिक सेवा केन्द्रका प्रहरी इन्चार्ज सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width