पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चैत १४ मा हुने कन्भेन्सनमा १६ जिल्लाका ५ सय ९० लायन्स क्लबहरुको सहभागिता रहने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मनबहादुर रोकाले जानकारी दिए । जसमा करिब ४ हजार लायन्स सदस्यको जमघट हुने आयोजकको अनुमान छ ।
कन्भेन्सनका लागि डिष्ट्रिक्ट गभर्नरमा विश्वेश्वर आचार्य, फस्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र सेकेण्ड भाइस गभर्नरमा मनिश्रीरत्न बज्राचार्यको उम्मेदवारी छ ।
कन्भेनर शिवराज आचार्यका अनुसार कार्यक्रमको पूर्व सन्धामा चैत १३ गते काठमाडौंदेखि पोखरासम्म कार ¥याली हुनेछ । त्यस्तै सोही दिन पोखराका मुख्य ९ चोकमा सरसफाइ हुनेछ । कन्भेन्सनको दिन चिप्लेढुंगाबाट विभिन्न बाजागाजा सहित परेड प्रदर्शन गरिने छ ।
कार्यक्रममा गरिब तथा जेहेन्दार ४ सय ९० छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने पूर्व गभर्ननर धनराज आचार्यले जानकारी दिए । ‘पढाउ अभियान’ अन्तर्गत २ सय ८० ट्रष्ट (अक्षयकोषदाता) ले ४ सय ९० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछन् ।
२ करोड ६१ लाख रुपैयाँको अक्षयकोषको व्याजबाट करिब ३५ लाख रकम गरिब तथा जेहेन्दार छात्रछात्रालाई चैत १३ मा प्रदान गरिनेछ । अक्षयकोष स्थापना गर्न आफ्नो आफन्त तथा इष्टमित्रको स्मृतिमा कम्तीमा ५० हजारदेखि ५ लाख ५५ हजार रुपैयाँसम्मको अक्षयकोष स्थापना गर्न सकिने प्रावधान रहेको आचार्यले बताए ।
हरेक वर्ष बैशाख अघि नै छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै उनले यस वर्ष पनि चरणबद्ध रुपमा करिब ३५ लाख रुपैयाँ वितरण गरिने छ । उनले उक्त दिन अक्षयकोषको प्रकृति हेरेर ४ हजार ५ सयदेखि ३५ हजारसम्मको छात्रवृत्ति प्रदान गर्ने बताए । आचार्यका अनुसार गण्डकी प्रदेश पश्चात चैत २० मा वाग्मती प्रदेशमा समेत छात्रवृत्ति वितरण गरिनेछ ।
कन्भेन्सन सफल पार्न होस्ट क्लब लायन्स क्लब अफ पोखरा माछापुच्छ«े भिलेज सहित पोखरा क्षेत्रका सम्पूर्ण क्लबहरुको महत्वपूर्ण भूमिका रहने आयोजकले जनाएको छ । कन्भेन्सनको लागि २८ उपसमिति गठन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१