पोखरा । ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्सेनि १ जनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो ।
लामो समय चलचित्र पत्रकारितामा बिताएका सिग्देललाई पहिलो पुरस्कार प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । सिग्देल चलचित्र पत्रकार संघ कास्कीको संस्थापक अध्यक्ष समेत हुन् । फागुन २९ गते संघको साधारणसभाको अवसरमा सिग्देललाई पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।
‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गर्न पाउँदा हामीलाई अझै बढि खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने ।
संघले पहिलो पटक प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा संघकै निवर्तमान अध्यक्ष रेम बिक र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेशप्रधान सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार सिग्देललाई पुरस्कार प्रदान गर्ने गरि संघको फागुन १८ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो ।
२०५४ सालबाट आदर्श समाज दैनिकबाट पत्रकारिता सुरु गरेका सिग्देल हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् । सिग्देलकै नेतृत्वमा २०६० असार २२ गते चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो । हाल उनी फेवा पोस्ट साप्ताहिकको सह–सम्पादक हुन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
‘मनसरा’ बाट आशावादी मिरुना
बेरोजगार युवाको कथा ‘डिग्री माइला’
सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१