पोखरा । लालिगा लिडर एथ्लेटिको मड्रिड रियल मड्रिडसँग बराबरीमा रोकिएको छ । आइतबार भएको दोश्रो मड्रिड डर्बीमा एथ्लेटिकोले अग्रता जोगाउन नसक्दा बराबरी नजिता निकालेको हो ।
खेलको १५ मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता कायम गरेको एथ्लेटिकोविरुद्ध ८८ मिनेटमा करिम बेन्जेमाले बराबरी गोल फर्काएका थिए । घरेलु मैदानमा एथ्लेटिकोले जित निकाल्न सकेको अवस्थामा लिगमा स्पष्ट अग्रता कायम राख्न सक्थ्यो । तर, बराबरी डर्बीले भने उपाधि केही रोमान्चक हुने भएको छ ।
६० प्रतिशत आफ्नो पक्षमा बल राखेपनि रियलका लागि बराबरी गोल नै संघर्षपूर्ण बनेको थियो । घरेलु टोली भने अग्रता जोगाउन नसक्दा अंक बाड्न परेको थियो ।
रियल र एथ्लेटिकोले अंक बाड्दा बार्सिलोनालाई भने केही राहत भएको छ । समान २६ खेलमा बार्सिलोनाको ५६ र रियलको ५४ अंक छ । १ खेल कम खेलेको एथ्लेटिकोको भने ५९ अंक छ । ताजा खेल अनुसार एथ्लेटिकोसँग बार्सिलोनाको दूरी घटेको छ भने रियलसँग बढेको छ ।
Related News
सम्बन्धित समाचार
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१