जीवनसागर भण्डारीको मुक्तक संग्रह ‘असुरक्षित गुलाब’ लोकार्पण

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७७
jeeban sagar

पोखरा । साहित्यकार जीवनसागर भण्डारीको मुक्तक संग्रह ‘असुरक्षित गुलाब’ लोकार्पण भएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित समारोहमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्तले कृति लोकार्पण गरे । उनले मुक्तक संग्रहले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने विश्वास व्यक्त गरे ।

कृतिको समालोचना प्रस्तुत गर्दै समालोचक सन्जीव तिवारीले नेपाली साहित्यमा भण्डारीका मुक्तक उल्लेखनीय हुने बताए । मुक्तक मार्फत भण्डारीले राजनीतिक र सामाजिक विकृतिमा ब्यङ्ग प्रहार गरेको बताए ।

कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, गजलकार प्रकट पगेनी ‘शिव’, गजलकार दीपक समीप, पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य लगायतले साहित्यकार भण्डारीको साहित्यिक जीवनको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा परिवारका पूर्व अध्यक्ष साहित्यकार ईश्वरमणि अधिकारीले स्रष्टा भण्डारीको परिचय दिएका थिए ।

स्रष्टा भण्डारीले कृतिमा विविध विषयवस्तु समेटिएको भन्दै पाठकको लागि रुचिकर हुने विश्वास व्यक्त गरे ।

परिवारका पूर्व अध्यक्ष समेत रहेका मुक्तककार भण्डारीका १ सय ७ मुक्तक सो कृतिमा समावेश छन्।

पोयुसाप अध्यक्ष मोति भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिवारका सचिव डा चैतन्य अधिकारी र स्वागत साहित्य संयोजक रीता अधिकारीले गरेकी थिइन् । पोयुसाप प्रकाशक रहेको कृतिमध्ये ‘असुरक्षित गुलाब’ २७ औं हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै