पोखरा । अधिकांश समय घर बाहिर हुन्थे । कृषि फर्ममा काम गर्ने पोखरा ३३ पुँडीका गमबहादुर पुन बिहीबार साँझ घर आए । पत्नीलाई खाना पकाउन अह्राए । साँझ ७ बजे नै पत्नी हरिमाया रक्सी पिएर बसिरहेकी थिइन् । हरिमायाले खाना बनाउन मानिनन् । केहीबेर भनाभन भयो ।
प्रहरीले गरेको ब्रिफिङ अनुसार खाना नपकाएकै रिसमा गमबहादुरले हत्या गरे । ‘हरिमायाले सँधैजसो रक्सी खाने गरेको पाइयो । सँधैजसो खाना नपकाउने र झगडा भइरहने रहेछ,’ कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले भने, ‘अरु पारिवारिक समस्या पनि देखियो । तर अनुसन्धान भइरहेको छ । हत्याको मुख्य कारण चाहिँ खाना नपकाएकै विवादबाट भएको रहेछ ।’
गमबहादुर शुक्रबार बिहानै लामगादीको कृषि फार्मबाट समातिए । उनीसँगै हत्या गर्दाको बेला लगाएको कपडा र पत्नीलाई हिर्काएको बन्चरो समेत प्रहरीले बरामद गरेको छ । एसपी श्रेष्ठका अनुसार गमबहादुरले पत्नीलाई बन्चरोले हानेका थिए । हरिमायाको टाउकोमा गम्भीर चोट थियो । अत्यधिक रगत बगेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गमबहादुरले पत्नी मरेको थाहा नपाएको बयान दिएका छन् । ‘झगडा भएको हो । रिसको झोकमा हानिदिएँ, प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘म बिहानै उठेर काममा गएँ । पत्नी मरेको थाहा थिएन ।’
हत्या अभियोगमा ५० वर्षका गमबहादुरलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पर्वतको जलजला स्थायी घर भएका उनीहरु ३० वर्षदेखि ब्लकको अस्थायी घर बनाएर पुँडीमा बस्दै आएका छन् । हत्याको समयमा परिवारका अरु सदस्य भने घरमा थिएनन् । मृतक हरिमाया ४२ वर्षकी हुन् । प्रारम्भिक अनुसन्धानमा पति÷पत्नीबीच धेरै बेमेल भएको देखिएको छ । कास्कीमा पारिवारिक बेमेलका कारण हत्या हुने क्रम रोकिएको छैन ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१