फेवा किनारमा रेलिङ, अधिकारकर्मीको विरोध

आदर्श समाज सम्वाददाता
माघ २०, २०७७
fewa relling

पोखरा । लेकसाइडको फेवाताल किनारमा निजी कम्पनीले लगाउन लागेको रेलिङको काम रोकिएको छ । पोखरा महानगरपालिका वडा नं. ६ ले वाराही घाटदेखि पहारी घाटसम्मको करिब २ सय मिटरमा रेलिङ लगाउन स्लास प्लस प्रालिलाई अनुमति दिएको थियो ।

वडा कार्यालयले पुस ७ गते प्रालिलाई सुरक्षा, सूचना र विज्ञापन झल्किने सामग्री राख्न पाउने गरी रेलिङ लगाउन अनुमति दिएका हो । प्रालिले रेलिङ लगाउन थालेपछि स्थानीयले विरोध गरेका थिए । सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जाल पोखरा ६ अध्यक्ष अनिल थापा र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल अध्यक्ष विष्णुहरि अधिकारीले महानगरका मेयर मानबहादुर जिसीलाई काम रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मेयर जिसीले यसबारे आफूलाई जानकारी नआएको उल्लेख गर्दै तत्काल काम रोकिने बताएका थिए । तत्कालका लागि काम रोकिए पनि व्यापारिक स्वार्थका लागि ताल किनारमा रेलिङ लगाउन दिने प्रक्रिया खारेज गरी फेवातालको उचित संरक्षण गर्नुपर्ने राष्ट्रिय सम्पदाका अध्यक्ष विष्णुहरि अधिकारीले बताए । उनले आर्थिक प्रलोभनमा परी सम्पदा दोहन गर्न लागिएको आपत्तिसमेत जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width