डाइनामिक पब्लिक लाइब्रेरी गण्डकी अध्यक्षमा वसन्त गिरी

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
DPL ma giri

पोखरा । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) गण्डकी अध्यक्षमा वसन्त गिरी चयन भएका छन् । झापामा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा वसन्त गिरी चयन भएका हुन् ।

उनको नेतृत्वमा ४० जनाको डिपिएल युथ टिम गठन गरिएको हो । उपाध्यक्षमा राजकुमार भण्डारी, सरस्वती गिरी, किशोर सुवेदी, महासचिव प्रदीप शर्मा बराल, कोषाध्यक्ष शिव पराजुली र सचिव सुरेनकुमार नेपालीलाई चयन गरेको छ । कानुनी सल्लाहकारमा शिशिर मिश्र छन् ।

सन् २०१२ मा झापाका भेषराज न्यौपाने नेतृत्वमा यो संस्थाको गठन भएको हो । संस्थाले विशेषगरी युवाको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सो संस्थाका देशभर १३ शाखा बिस्तारित छन् । करिब ४ सय सदस्य रहेको संस्थाको केन्द्रीय अध्यक्ष विनोद उप्रेती हुन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…
  • लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले पोखराका राजु आचार्यलाई ह्वाइटली अवार्ड २०२४ मा सम्मानित गरेको…

hero news full width