पोखरा । भ्रष्टचारको विरुद्धको नागरिक निगरानी संस्था (सिटिजन जुरी)को दोस्रो वार्षिक साधारण सभा शनिबार भएको छ । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख विपीन आचार्यले सार्वजनिक रुपमै भएका भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टचारको विरुद्धको नागरिक निगरानी संस्थाले धेरै सहयोग गरेको बताए ।
‘यस्तो संस्था कास्कीसहित १७ जिल्लामा स्थापना भएका छन्,’ उनले भने, ‘यो वर्षमा ७ जिल्लामा थप गर्दैछौं ।’ भ्रष्टचारको विरुद्धको नागरिक निगरानी संस्था प्रवर्धनात्मक कार्य र निरोधात्मक कार्यमा धेरै सहयोग गरेको आचार्यले बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेशगरि ३ वटा काम गर्छ,’ उनले भने, ‘दण्डनात्मक कार्य हामीले गछौं, बाँकी प्रवद्र्धनात्मक कार्य र निरोधात्मक कार्यमा यहाँहरुको उल्लेखनीय काम गर्नुभएको छ ।’
संस्थाका संस्थापक अध्यक्ष आनन्दराज मुल्मीले राज्य जनताप्रति जवाफदेही हुन नसकेको बताए । राज्य नागरिकप्रति जवाफदेहि नहुदा जनताको आवाज निरिह बनेको उनको जिकीर थियो । ‘नागरिक सर्वोच्च हो, ’ उनले भने, ‘हामीले आवाज उठाउन छोड्नुहुँदैन ।
कार्यक्रममा पोखरा महानगरपालिका ७ का अध्यक्ष रामचन्द्र बरालले प्रविधिमा जोड नदिएको कारण भ्रष्टाचार बढेको बताए । ‘सिस्टममा नभएपछि हातले लेख्दा जे लेखिदिए पनि हुन्छ,’ उनले भने, ‘कच्ची सडकलाई पक्की बनाउन बेरै लाग्दैन, त्यसैले सिस्टम प्रविधिमा लैजानुपर्छ ।’
सुशासनका लागि नागरिक समाज सुनासका अध्यक्ष रवीन्द्र बास्तोलाले भ्रष्टाचारको फोहर हटाउन नागरिक निगरानी संस्थाले महत्वपूर्ण भूमिका खेलेका बताए । संस्थाको हरेक काममा सुनाससँगै रहने उनको भनाइ थियो । जहाँ निगरानी हुन्छ त्यहाँ भ्रष्टाचार बढ्ने बताउँदै उनले सबै क्षेत्रमा निगरानी आवश्यक रहेको जनाए ।
संस्थाका अध्यक्ष तीलक पराजुलीले आफूहरुले जुकसुकै क्षेत्रमा निगरानी गर्न नछाड्ने बताए । ‘अख्तियारकै मान्छेले अख्तियारविरुद्ध काम ग¥यो भने पनि हामी छोड्ने छैनौं,’ उनले भने । साधारणसभामा संस्थाका सचिव रामबहादुर पौडेल र कोषाध्यक्ष लक्की कार्कीले प्रस्तुत गरेका प्रतिवेदन छलफलपछि पारित गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१