जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सहायता र स्तनपान कक्ष स्थापना

साधन राम्जाली
माघ २, २०७७
public help desk

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्षा र स्तनपान कक्ष स्थापना भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका र गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तिगत आर्थिक सहयोग तथा प्रहरी कर्मचारीहरुको श्रमदानमा सेवाग्राहीका लागि नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना भएको हो ।

गाउँपालिकाको २ लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको व्यक्तिगत ६१ हजार ६ सय ९५ रुपैयाँ आर्थिक सहयोगमा प्रहरी कर्मचारीहरुले श्रमदान गरेर कक्ष स्थापना गरेका हुन् ।

प्रिफ्याब प्रविधिको सहायता कक्षको भवन र प्रहरी कार्यालय प्रवेशद्वारमा रहेको प्रयोगविहीन पोस्टलाई मर्मत गरेर स्तनपान कक्ष निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुका लागि आवश्यकता महसुस गरेर ४ दिनमै कक्ष तयार पारिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

नागरिक सहायता, स्तनपानका साथै सरकारको ३ लाख ५० हजार रुपैयाँ लगानीमा प्रहरी कार्यालयको भवनमा निर्माण भएको तालिम तथा बैठक कक्षको बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उद्घाटन गरे । उनले म्याग्दीका स्थानीय तहहरुले प्रहरी कार्यालय र मातहतका इकाईको पूर्वाधार, प्रविधि र स्रोत साधनमा गरेको सहयोगका कारण सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा यसअघि हिंसा प्रभावित महिला तथा बालबालिकाको आश्रयका लागि निर्माण गरिएको भवनको एउटा कोठामा सहायता कक्ष सञ्चालन गरिएको थियो । प्रवेशद्वारभन्दा टाढा र आश्रयस्थलसँगै रहेको सहायता कक्ष प्रभावकारी हुन सकेको थिएन् ।

सेवाग्राही र प्रहरी, कर्मचारीलाई बच्चालाई स्तनपान गराउन समस्या भएको थियो । कम्युटरको माध्यमबाट दैनिक रुपमा सेवाग्राहीको विस्तृत विवरण राखिने र सन्तुष्टिको मापनका लागि फारम समेत भर्ने व्यवस्था मिलाइएको प्रहरी नायव उपरीक्षक किरणज‌ंग कुँवरले बताए ।

सहायता कक्षमा एक जना प्रहरी कर्मचारी खटाइएको छ । उक्त कक्षबाट सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो, छरितो सेवा प्रवाह गर्नुका साथै विचौलियाको सहायता लिनुपर्ने अवस्थाको अन्त्य गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width

Recent Posts

भर्खरै