वासिङ्टन, २९ पुस । संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ ।
एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ ।
ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो ।
मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् ।
अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिनेगरी कार्यकारी आदेश जारी गरेका थिए।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१