पाेखरा । कलाकार मिलन शेरचनले नयाँपुस्तालाई शालिग्रामको महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गर्नुभएको छ ।
जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आउनुभएकी शेरचनले पछिल्लो समय शालिग्राम महत्वलाई कलामा उतार्नुभएको हो ।
“हिन्दू धर्म परम्परामा शालिग्रामको निकै महत्व छ, तर नयाँपुस्ता यसबारे निकै अनभिज्ञ छन् । कलाको माध्यमबाट शालिग्रामको महत्व बुझाउन सकिन्छ कि भनेर यो तयार गरेकी हुँ”, शेरचनले भन्नुभयो ।
उहाँले कलाको माध्यमबाट विभिन्न रङरोगन र केमिकलको सहायताले विभिन्न साइजको शालिग्राम तयार गरेको बताउनुभयो । “कलाले कुनै पनि समाजको धर्म संस्कार र संस्कृतिलाई उजागार गरेको हुन्छ, मैले पनि हिन्दू धर्ममा निकै महत्व राख्ने धार्मिक महत्व बोकेका शालिग्रामलाई कलामार्फत उजागार गर्न खोजेकी हुँ”, शेरचनले भन्नुभयो, “शालिग्राम लोप हुँदै गएको छ, यसको महत्व र महिमाबारे आउने पुस्तालाई जानकारी दिन सकिएन भने यो यसै हराएर जानेछ ।
धर्म संस्कार, संस्कृति हराउनु भनेको आफ्नो पहिचान हराउनु हो ।” शेरचनले आफ्नो भूगोल, परिवेश रहनसहन संस्कृति, धर्म संस्कारका राम्रा कुरालाई संरक्षण र प्रवद्र्धन गर्नु कलाकारको उत्तरदायित्व भएको बताउनुभयो । हिन्दू धर्मशास्त्रमा शालिग्राम धार्मिक र आध्यात्मिक गुण रहने भएकाले विशेष खालको शिलाको रूपमा लिइन्छ ।
यो मुक्तिनाथ क्षेत्रअन्तर्गत कालिगण्डकीमा पाइने विशेष खालको शिला हो । पौराणिक धर्मग्रन्थमा उल्लेख भएअनुसार कुनै समय देवता र राक्षसबीच समुद्र मन्थन हुँदा समुद्रमा १४ रत्न प्राप्त भएका थिए, तीमध्ये एक शालिग्राम गङ्गाजीमा पाइने विशेष रत्न हो ।
शालिग्राम स्पर्श गरेर वा बगेको जल नियमित सेवनले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बीले शालिग्राम घरमा राखेर पूजा गर्दै आएको पाइन्छ । जापानी कला ‘हानानो ओशिबाना’ अर्थात् झारपातबाट कलात्मक चित्र बनाउने कलाकारका रूपमा परिचित शेरचनले धर्म, संस्कृतिका विभिन्न पक्षलाई कलामा उतार्दै आउनुभएको छ ।
उहाँका कलाले दर्जन बढी सम्मान तथा पुरस्कारसमेत पाइसकेको छ । पछिल्लो समय शेरचनले तयार गरेको लिपुलेकको कलाकृतिले राष्ट्रिय ललितकला पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१