अमेरिका । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले अन्तिम औपचारिकताको मार्ग पनि पूरा गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियार युक्त समर्थकले संसद भवनमा गरेको आक्रमणका कारण केही घण्टा रोकिएको इलेक्टोलर कलेज मतलाई औपचारिकता प्रदान गर्ने संसदको संयुक्त शत्रमा बाइडेनको जितले अन्तिम औपचारिकता पूरा गरेको हो ।
एरिजोना तथा पेनसिलभेनियाको इलेक्टोरल मत अवरोध गर्नका लागि रिपब्लिकन सिनेटर तथा तल्लो सदनका सदस्यहरुले गरेको प्रयास बहुमतले अस्वीकार गरेको थियो ।
सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको हो ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् । यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ ।
सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो ।
यसअघि राज्यका सदनले मत प्रमाणिकरण गरेका थिए । त्यसपछि इलेक्टोरल कलेजले त्यसलाई प्रमाणिकरण गरि सदनमा पठाएको हो ।
ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् । उनले नतिजा उल्ट्याउनका लागि गरेका कानूनी तथा ‘हिंसात्मक’ प्रयास विफल भएका छन् ।
यसैबीच संसदले बाइडेनको जीतलाई प्रमाणिकरण गरेलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तव्य जारी गरेर जनवरी २० मा सत्ताको सहज हस्तान्तरण हुने उल्लेख गरेका छन्।
उनले हार स्वीकार गरेपनि चुनावको नतिजामा आफ्नो विमत्ति रहेको उल्लेख गरेका छन्।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१