पाेखरा । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।
उक्त प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने बताइएको छ । काठमाडौँमा आज बिहान हल्का वर्षा भएको थियो । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ । हाल देशभर सामान्य बदली रहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव छ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । –––
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१