राम्चेदेवीका छात्रछात्रालाई न्यानो लुगा

आदर्श समाज संवाददाता
पौष १७, २०७७
Manav Milan News

पोखरा । मानव मिलन संस्था पोखराले स्याङ्जाको फेदीखोला–४ आरुखर्क तल्लाचौरस्थित राम्चेदेवी आधारभूत विद्यालयका छात्रछात्रालाई शुक्रबार न्यानो कपडा वितरण गरेको छ ।

विद्यालय संस्थापक प्रअ तथा मानव मिलन स्याङ्जाका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालय अध्यक्ष दिलबहादुर मिजारलाई स्वीटर, टोपीलगायत सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रमुख अतिथि पौडेलले मानव मिलन सबै मानवको साझा संस्था भएको उल्लेख गर्दै जाडोको बेला न्यानो कपडाले बालबालिकाको स्वास्थ्य सुरक्षामा सघाउ पुग्ने बताए ।

ब्राम्हण समाज नेपालका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले देशमा ठूला ठूला प्रतिभाहरु डाँडापाखामा जन्मिएको चर्चा गर्दै नेपालकेशरी मणिभद्रमुनि महाराजको जन्मस्थल भएकोले आरुखर्कवासीले गर्व गर्नुपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गाउँका संकटग्रस्त विद्यालय बचाउन गाउँ समृद्ध बनाउनु पर्नेमा जोड दिए ।

मानव मिलन अन्तर्राष्ट्रिय महिला विभागकी सचिव सावित्री शर्माले डा. मणिभद्रमुनि महाराजको परिकल्पनाअनुसार संस्थाले राहत कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा आरुखर्क पोखरा समाजका अध्यक्ष यामबहादुर पौडेल, मावन मिलन पोखराका निवर्तमान अध्यक्ष रेशमराज सुवेदी, संस्थापक अध्यक्ष कोमलबहादुर प्रजु, राम्चेदेवी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष ढुण्डीराज पौडेलले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विन्दुकुमारी पौडेलले स्वागत गरेकी थिइन् ।

विद्यालय अध्यक्ष दिलबहादुर मिजारले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव नम्रता बरालले गरेकी थिइन् । कार्यक्रम संयोजन संस्थाका सदस्य रामचन्द्र पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…
  • लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले पोखराका राजु आचार्यलाई ह्वाइटली अवार्ड २०२४ मा सम्मानित गरेको…

hero news full width