मुक्तिनाथ–मेडिप्लस सहकार्य

आदर्श समाज संवाददाता
पौष ६, २०७७
muktinath

पोखरा ।  मुक्तिनाथ विकास बैंकले पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

साथै बैंकको ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width