पर्वत । पर्वतलाई कार्यथलो बनाएर पत्रकारिता गर्दै आएका महेन्द्र केसीको बिहीबार निधन भएको छ ।
पर्वतको मोदी गाउँपालिका– ५ बाजुङ निवासी पत्रकार केसी हरियो सर्पले टोकेर घाइते भएका थिए । लामो समयको उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
उपचारकै क्रममा उनीमा मृगौलामा समस्या देखिनुका साथै कोरोना संक्रमण भएको थियो ।
नेपाल टेलिभिजनका पर्वत समाचारदता समेत रहेका पत्रकार केसी आफ्नै साहारापाटी टिभी नामक युट्युव च्यानलसँग समेत आवद्ध थिए ।
नेपाल पत्रकार महासंघ पर्वतले एक शोक वक्तव्य प्रकाशित गरी पत्रकार महेन्द्र केसीको निधनले सिंगो पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।
महासंघले मृतात्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा १४ मजदुर सम्मानित
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१