परराष्ट्र नीतिको एकीकृत दस्तावेज

सम्पादक
मंसिर २३, २०७७

१. सरकारको परराष्ट्र नीति कमजोर भएको र सरकारमा बस्नेहरुले नै परराष्ट्र नीतिको प्रोटोकल मान्दैनन् भनेर गुनासो भएको वेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र नीतिको दस्तावेज प्रकासित गरेका छन् । उनले यताउता छरिएर रहेका विभिन्न विषय समेटेर एकीकृत दस्तावेज तयार पारेको जनाएका छन् ।

२. परराष्ट्र नीति नयाँ होइन । देशको असंलग्न परराष्ट्र नीतिमा फेरवदल गरिएको छैन । तर कही कतै शब्द र विशेषणहरुको प्रयोगले सरकारको व्यवहारलाई प्रष्ट पार्ने प्रयास गरिएको छ । उदाहरणको लागि भनौं भने यसले भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्ने जनाएको छ । दस्तावेजमा ‘शान्ति, अहिंसा र पञ्चशील’को जुन कुरा राखेको छ, त्यो बुद्ध जन्मेको देशका लागि उपयुक्त छ । नेपालको परराष्ट्र नीतिको चर्चा गर्दा पृथ्वीनारायण शाहलाई सम्झनु पर्दछ । उनले नेपाललाई दुई ढुङ्गाको तरुलको रुपमा चित्रण गरेर असंलग्न परराष्ट्र नीतिको जग बसालेका थिए । विशाल छिमेकी भारत र चीनबीच अवस्थित नेपालको परराष्ट्र नीति असंलग्न हुनै पर्दछ । यो नीति कागजमा लेखेर मात्र हुँदैन व्यवहारमा नै लागू गरेर देखाउनु पर्दछ ।

४. त्यसरी परराष्ट्र नीति व्यवहारमा लागु गर्ने चर्चा गर्दा भूतपूर्व प्रधानमन्त्री वीपी कोइरालाको पालामा भएको घटनाहरुलाई विहङ्गम दृष्टि लगाउनु पर्दछ । त्यसवेला भारत र चीन दुवै देशसँग नेपालको विवाद उत्पन्न भएको थियो । त्यो विवादलाई उनले जे जसरी नेपालको पक्षमा सामाधा गरे त्यो उल्लेखनीय छ ।

५. परराष्ट्र नीतिको चर्चा गर्दा राजा महेन्द्रको स्मरण पनि गर्ने गरिन्छ । असंलग्न आन्दोलनको संख्याका भएर नेपाललाई विश्व सामु चिनाउनु उनको ठूलो देन छ । तर कालापनी, लिम्पियाधुरा र लिपुलेकको वास्तविकता बाहिर आएपछि उनको त्यो छविमा प्रश्न उत्पन्न भएको छ ।

६. परराष्ट्र नीति कमजोर भएकोले देशमा बाह्य हस्तक्षेप हुने गरेको छ । तर त्यो हस्तक्षेपलाई हाम्रा नेताहरुले हस्तक्षेप भन्न सकेका छैनन् । हस्तक्षप पनि आफ्नो पक्षमा भए ठीक र विपक्षमा हुँदा हस्तक्षेप भन्ने मानसिकताबाट हामी पीडित छौं । हाम्रो त्यही कमजोरीमा टेकेर विदेशीहरुको चलखेल हुने गरेका छन् ।

७. जे भए पनि अहिले नयाँ देस्तावेज आएको छ । तर दस्तावेज आयो भनेर मात्र हुँदैन । त्यसको अक्षरशः कार्यान्वयन हुनुपर्दछ । सरकारमा बस्ने ठूलावडाहरु र नेताहरु यसमा बढी संवेदनशील हुनुपर्दछ । त्यसमा पनि परराष्ट्र नीतिको कार्यान्वयन गर्ने परराष्ट्र मन्त्री र परराष्ट्र सचिव यसमा जिम्मेवार हुनु पर्दछ । कही कतै कसैले प्रोटोकलको उल्लङ्घन गरेमा र हस्तक्षेप गरेमा तुरुन्त भन्न सक्नु पर्दछ । रोक्न सक्नु पर्दछ । कारवाही गर्न सक्नु पदर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width