कोभिडबाट गण्डकीमा थप एक जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७७
covid 19 corona banner

पोखरा, १० मंसिर । कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं. १० का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको आज विहान ४.४० मा उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

उनलाई मंसिर ८ गते संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट १ सय ४२ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width