समाजसेवी मंगल नेपालीलाई पत्नीशोक

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७७
late tara nepali 2

पोखरा । पोखराका समाजसेवी मंगल नेपालीलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी तारा नेपालीको हृदयघातका कारण बिहीबार निधन भएको हो ।

आफ्नै निवास पोखरा–६, लेकसाइडमा बसिरहेको बखत दिउँसो ३ बजे हृदयघात भएपछि उपचारार्थ तत्कालै फेवासिटी अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । २०१५ वैशाख २१ मा जन्मिएकी तारा ६२ वर्षकी थिइन् ।

क्यानाडा रहेकी छोरी सम्झना फर्केपछि स्व. ताराको शनिबारमात्र सेती नदी किनार शान्तिघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको परिवारजनले जनाएको छ । परिवारमा उनका श्रीमान् मंगल नेपाली, ३ छोराहरु महेन्द्र, सुरेन्द्र र ज्ञानेन्द्र नेपाली र १ छोरी सम्झना छन् ।

विभिन्न संघसंस्थामा रही सामाजिक योगदान पुर्‍याएका मंगललाई परेको पत्नीशोकप्रति विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका संस्थापक अध्यक्ष मंगल नेपाली सामुदायिक बैदामका पनि संस्थापक अध्यक्ष हुन् ।

उनी नेपाली रेडक्रस सोसाइटी बैदाम उपशाखाका नि.उपसभापति, रेडक्रस कास्कीका कार्यसमिति सदस्य, नौलो घुम्ती नेपालका कोषाध्यक्ष, पोखरा नगरस्तरीय बाल संरक्षण समितिका अध्यक्ष, श्रमिक बालबालिका केन्द्र लेकसाइडका अध्यक्ष, डुंगा व्यवसायी समिति पोखराका उपाध्यक्ष, माता तालबाराही आरती सेवा समितिका उपाध्यक्ष, चौतारी बचत तथा सहकारी संस्थाका संस्थापक अध्यक्ष, मिजार सेवा समाज कास्कीका पूर्व अध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width