चितवन, ३ मंसिर । दशैं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् ।
दशैं टीकाको भोलिपल्टदेखि केही दिन आवासीय पर्यटक समेत रहेको भए पनि बिदा सकिएसँगै पर्यटक पनि घटेका हुन् । तिहारको बिदामा पर्यटक आउने अपेक्षा गरेका व्यवसायी निराश बनेका छन् । दशैँको चहलपहलसँगै अधिकांश होटल खुलेका छन् । सबै होटलमा कामदार कर्मचारी काममा आएका छन् । पर्यटक नहुँदा सञ्चालन खर्च धान्नसमेत कठिन भएको व्यवसायीले बताएका छन् ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार दिनमा घुम्न आउने पर्यटक रहे पनि रात बिताउनेको सङ्ख्या निकै न्यून छ । दिनमा आउने पर्यटकले हात्ती चढ्ने, जीप सफारी गर्ने र सौराहाका रेष्टुरेन्टमा खाएर रमाउने गरेको भए पनि साँझ फिर्ता हुने गरेको उहाँको भनाइ छ ।
उनले भने, “बस्नेभन्दा दैनिक घुमेर फर्किने धेरै छन् ।” यसरी घुम्नेहरु चितवन र छिमेकी जिल्लाका हुने गरेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई होटलमा बस्ने पर्यटकको सङ्ख्या न्यून मात्रै रहेको बताउँछन् । केही होटलमा विवाहको कार्यक्रम भएको भए पनि अन्य होटल पाहुनाको पर्खाइमा रहने गरेको उनको भनाइ छ ।
कोरोना सङ्क्रमण क्रमशः घट्दै गएमा व्यवसाय पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक आउने गरेको बताउँछन् । दशैंँपछि हालसम्म रेष्टुरेन्टमा ठीकै व्यापार भएको भन्दै उहाँले अवको अवस्था कस्तो रहन्छ एक दुई दिनमा थाहा हुने बताए ।
चैत ११ गतेदेखि बन्द भएका होटल साउनमा केही दिन खुलेर पुनः बन्द भएका थिए । असोज १ गतेदेखि खोलेका होटलले सोचे जस्तो व्यापार गर्न सकेका छ्रैनन् । सौराहामा ११० होटल छन् । साना ठूला सय हाराहारी रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक सौराहामा रात बिताउने गर्दछन् । त्यहाँ आएकाले निकुञ्जभित्र जीप सफारी, पैदल र डुङ्गा सयर गर्दछन् भने निकुञ्जबाहिर मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी र जीप सफारी गर्ने गर्दछन् । निकुञ्जमा देखिने दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंँडा, बाघ, घडियाल गोहीलगायत जीवजन्तु र चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१