प्रदेश प्रमुख शेरचनद्वारा ४ विधेयक प्रमाणिकरण

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७७
amik

पोखरा, २६ कात्तिक । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार वटा विधेयक प्रमाणिकरण गरेका छन्।

गण्डकी प्रदेशसभाले पारित गरी पठाएका चार वटा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गरेका हुन् ।

जसमा गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

यसअघि, सो विधेयक गण्डकी प्रदेशसभाबाट पारित भइ सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width