म्याग्दी, १४ कार्तिक । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने जलेश्वरमा शुक्रबार जीप दुर्घटना भएको सुचना अधिकारी तथा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक चौधरीले बताए । मृतक बालिका दशैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् ।
जीपमा ११ जना थिए । दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । गम्भिर घाइते नन्दलाल छन्त्याल दलप्रसाद गौचन र दिक्षा शेरपुजालाई बेनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको प्रनि चौधरीले जानकारी दिए ।
अन्य सात जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि करिब ६० मिटर तल कालीगण्डकी किनारमा खसेको प्रहरी निरिक्षक चौधरीले बताए।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१