पोखरा, २ कार्तिक । पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले सहकारी सम्मान, समानता र सहकार्यको माध्यम भएको धारणा राखेका छन् ।
पवित्र साकोसको नवौं वार्षिक साधारण सभाका वक्ताले उक्त कुरामा जोड दिएका हुन् । वक्ताले सहकारीले व्यक्तिमा रहेको धनी–गरीबको मानसिकतालाई सहकारीले अन्त्य गराउनुका साथै सम्मानको वातावरण सिर्जना गरेकाले सहकारी सभ्य समाज निर्माणको साझेदार रहेको दावी गरे ।
सभामा संस्थाका सल्लाहकार चन्द्र रानाभाटले सहकारी सहकार्यको माध्यम भएकाले जातिय एकता बढाउन मात्र नभएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सार्थक र साझेदार बनेको बताए । साथै उनले आवश्यक परेको खण्डमा समाजको बहुउद्देश्यीय भवन सहकारी व्यवस्थापनका लागि सहयोग गर्न समाज इच्छुक रहेको प्रतिबद्धता व्यक्त गरे । सभामा सु.बोधराज रानाभाट, राजेन्द्रकुमार रानाभाट, मीनबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाटलगायतले सहकारीसँगको बन्धुत्वको साझेदारीसँगै समन्वय बनाएको र आउँदा दिनमा आदर्श स्थापना गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
सहकारीका अध्यक्ष शिव रानाभाटले प्रस्तुत गरेको अध्यक्षको क्या. हुम रानाभाटले प्रस्तुत गरेको कोषाध्यक्षको र रमेश राजभाटले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको थियो ।
संस्थाले प्रतिवेदन निर्णयार्थ पेश गर्नु अगाडि असोज १८ गतेदेखि २८ गतेसम्मको अवधिमा जिज्ञासा, सुझाव र सल्लाहको सङ्कलन गरेको थियो । कोरोना महामारीका कारण सहकारीले भौतिक दूरी कायम गर्दै शेयर सदस्यबाट प्राप्त मतलाई सम्बोधन गर्दै अन्तिम निर्णयार्थ सहकारीका सञ्चालक समिति, उपसमिति र सल्लाहकारको समुपस्थितिमा सभा सम्पन्न गरेको हो ।
शिव रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गुप्त रानाभाटले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्धि रानाभाटले स्वागत, शिक्षा उपसमिति संयोजक असफल गौतमले धन्यवाद र सञ्चालक समिति सदस्य भावना रानाभाटले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
२०६८ सालमा तत्कालीन रानाभाट सेवा समितिद्वारा सञ्चालित कास्की जिल्ला कार्यक्षेत्र रहेको पवित्र साकोसमा हाल १२ सय शेयर सदस्य रहेका छन् । संस्थाको असार मसान्तसम्मको शेयर पूँजी झण्डै छ करोड रहेको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१