पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित लाहाचोकमा रहेको महेन्द्र माविमा चारकोठे पक्की भवन निर्माण थालिएको छ । मंसिरभित्रै काम सक्ने गरी पक्की भवन, शौचालय र खानेपानी ट्यांकी बनाउन थालिएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले ९६ लाख लागतमा भवन सहित ३ वटा शौचालय र पानी ट्यांकी निर्माण गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले बताए ।
विद्यालयमा अहिले रहेको भवन जीर्ण भएपछि नयाँ भवन बनाउन लागिएको हो । भवन निर्माणको गण्डकी प्रदेशसभा सांसद रामजी बरालले सुरुवात गरे । बरालले समयमै गुणस्तरीय भवन निर्माण सक्न निर्देशन दिए । उनले भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर बढाएर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनुपर्ने बताए ।
‘विद्यार्थीहरु रहरले बोर्डिङ पढ्न गएका होईनन् । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नपाएर हो,’ उनले भने, ‘शिक्षाको गुणस्तर उकास्ने जिम्मेवारी विद्यालयको हो । भौतिक पूर्वाधारमा सरकारले सघाउँछ । पढाई राम्रो भए सहर झरेका विद्यार्थी पनि गाउँमा आउँछन् ।’
बरालले शिक्षालाई सीपमुलक बनाउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीका अनुसार कास्कीभरका विद्यालय निर्माणमा चालू बर्षभित्र १० करोड बजेट विनियोजन भएको बताए । माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकामा भुकम्पले असर गरेको भन्दै अहिले २८ वटा नयाँ योजना कार्यान्वयन भैरहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१