गण्डकीमा थप १२६ संक्रमित

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७७
covid 19 corona banner

पोखरा, २६ असोज । गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा नवलपुरका ६१ जना, कास्कीका २९ जना, तनहुँका २६ जना, बागलुङका ७ जना, लमजुङका २ जना र स्याङ्जाका १ जना रहेका छन् ।

कास्की पोखरा महानगरपालिका अन्तर्गत २ जना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक हुन् । त्यस्तै एक जना ओम अस्पताल र २ जना चरक मेमोरियल अस्पतालमा उपचाररत विरामी हुन् । पोखराकै अर्का संक्रमित फेवासिटी अस्पतालको क्यान्टिनको कर्मचारी हुन् । अन्य संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width