जनसक्रिय टोल विकासमा राई

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७७
janasakriya

पोखरा, २३ असोज । जनसक्रिय टोल विकास संस्था, पोखरा–१४, सगरमाथाचोकको अध्यक्षमा डीबी राई सर्वसम्मत चयन भएका छन् ।

बुधबार सम्पन्न संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्षमा सु. यामबहादुर गुरुङ, सचिवमा माधव क्षेत्री, सह–सचिवमा तीर्थ श्रेष्ठ र कोषाध्यक्षमा विन्दुकुमारी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, संस्थाका सदस्यहरूमा बाबुराम थापा, विष्णुकुमारी गौचन, टेकबहादुर कुँवर, डोलमाया मानन्धर, नन्दप्रसाद तुलाचन, डिलप्रसाद पौडेल, मुना थापा र जीवन गुरुङ रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले नयाँ टोल विकास संस्था भएपनि संस्थाले विकास निर्माणका लागि गरेको पहल प्रशंसनीय रहेको बताए । वडा र महानगरका तर्फबाट यस टोलमा विकासका योजनाहरू पार्न नसकेको स्वीकार गर्दै वडाध्यक्ष कार्कीले वडाका तर्फबाट टोलको विकासका लागि सक्दो प्रयास गरिरहेको उल्लेख गरे । वडा नं. १४ भित्रै पर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले प्रतिबद्धता गरे अनुरुप कुनै पनि कुरा पूरा नगरेको भन्दै वडाध्यक्ष कार्कीले विकासको दृष्टिले वडा नं. १४ पछाडि रहेको भनाइ राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width