दमौली, ६ असोज । पढाई र कामको थकानबाट केही समय मुक्ति पाउनको लागि कोलम्बियाकी नटलिया गोसाले नेपाललाई रोजिन् । कोलम्बियाको मेशिनयुक्त जीवनबाट मुक्ति पाउने र नेपालको प्राकृतिक सुन्दरतामा रमाउने सोचका साथ उनी गत चैत महिनाको पहिलो साता नेपाल ल्याण्ड भइन् ।
कोलम्बियामा ईन्जीनियरको काम गर्दै आएकी नटलिया नेपाल उत्रिने बित्तकै पहाडकी रानीको रुपमा चिनिने तनहँुको बन्दीपुरमा आईन् । केही समयको लागि भनेर अन्जान ठाँउमा आएकी उनी कोरोनाको महामारीले गर्दा सरकारले गरेको लकडाउनमा त्यही रोकिइन् । केही दिनको मनमोहक दृश्य अवलोकन गर्न उनले बन्दीपुरमा रहेको सौर्य होटलमा एक रुम लिएर बसेकी थिइन् । तर लकडाउन गर्दा उनी त्यही लामो समय बस्न बाध्य भईन् । ‘विदेशको ठाँउ त्यहाँ माथि सात महिनादेखि कोठा भित्रमात्र सीमित हुँदा मानसिक समस्याको सिकार हुन सक्छन्, तर मैले त यहाँ एउटा परिवार पाएको अनुभव गरे,’ उनले भनिन् ।
उनी अहिले नेपाली भाषा सिक्दै छिन् । साथै आफु बसेको होटेलको व्यवस्थापनमा, कसेराबारीमा गोड्मेल, घरमा बालबच्चाहरु हेर्ने जस्ता काम गरेर समय बिताइहेको उनले बताईन् । कोरोनाको महामारी कम भएपछि स्वदेश फर्कने योजना राखेको उनले बताईन् ।
पर्यटक भिषामा नेपाल आएकी उनको नेपाल सरकारले लकडाउन थपिरहँदा भिषा सकिएको नटलियाले बताईन् । नेपाल घुम्न को लागि एक्ले आएकी उनलाई भिषा थप गर्नको लागि कहाँ कसरी आवेदन दिने भन्ने अन्यौलका भिषा थप हुन सकेन । यस अवधिमा कोरम्बियामा रहेका आफ्नो परिवारलाई खुबै सम्झेको भए पनि नेपालमा रहेको यस परिवारले उनलाई त्यसको महसुस गर्न नदिएको बताइन् ।
‘कोलम्बियामा रहेका मेरा परिवारसँग म भिडियो कल मार्फत कुरा गर्ने गर्छु’, उनले भनिन् । केही समयका लागि भनेर नेपाल आएकी उनी कोरोना महामारी र नेपालमा भएको लकडाउनका कारण बन्दीपुरको सौर्य होटलमा बसेको करिब ७ महिना भयो । विदेशी पर्यटकहलाई उद्धार गरी स्वदेश फिर्ता गरेको भएपनि उनी समन्वय अभावका कारण नेपालमा सात महिना देखि बसिरहेकी छिन् ।
होटल सञ्चालक मनकुमारी थापाले आमा छोरी मात्र बसेर होटल व्यवसाय सञ्चालनमा ल्याएका थिए । कोरोनाको हल्ला सुरु भएसंगै व्यस्त बन्दीपुरमा पनि कमै मात्र पर्यटक आउजाउ भएको थियो । उनले भनिन्, ‘कोरोना हल्ला सुरु भएको क्रममा कोलम्बियाकी नटलिया गोसा त्यहाँ आइपुगिन्, र सरकारले घोषणा गरेको लकडाउनमा फसिन् ।’ मनकुमारी पनि छोरी र आफु मात्र भएकोले नोटलियालाई साथी पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले विदेशी नागरिक भन्दा पनि घरको एक सदस्यको रुपमा बसेको बताईन् । ‘अहिलेलाई निःशुल्क खान बस्नको दिइरहेका छौँ’, उनले पनि आफुले जानेको र नजानेको पनि सिक्दै काम गर्दै परिवार सँग राम्रो घुलमिल भइरहेकी छिन् ’मनकुमारीले भनिन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१